प्रधानमन्त्री साहद्वारा विदेशी राजदुतहरुसँग छलफल

.

प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदुतहरुसँग छलफल गर्नुभएको छ ।
साह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामुहिक छलफल गर्नुभएको हो । मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री साहले छलफल गर्नुभयो । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल