अमेरिका र इरानबीच शान्ति सम्झौता भए पाकिस्तान भ्रमण गर्ने ट्रम्पको भनाइ

.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्नेबारे विचार गर्ने बताउनुभएको छ । यदि इस्लामाबादमा सम्झौता हस्ताक्षर भयो भने आफू त्यहाँ जानसक्ने उहाँको भनाइ छ । सायद सप्ताहन्तमा आफू जानसक्ने उहाँले बताउनु भयो । इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो देखिएको बताउनु भयो । ट्रम्पले इरानसँगको वर्तमान दुई हप्ताको युद्धविराम, जुन अर्को हप्ता समाप्त हुँदैछ, त्यसलाई लम्ब्याउन आवश्यक नपर्ने पनि बताउनु भयो । यसैबीच, ट्रम्पले इरानको युरेनियम संवर्धन स्थगित गर्न अमेरिकाले राखेको भनिएको २० वर्षको समयसीमालाई खारेज गरिदिनुभएको छ ।
अमेरिकी राष्ट्रपतिले तेहरान हामीले बी–टु बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनमुनि रहेको आणविक धुलो फिर्ता दिन सहमत भएको दाबी पनि गर्नुभयो । उहाँले इरानको संवर्धित युरेनियमलाई संकेत गर्दै सो कुरा बताउनुभएको हो । यद्यपि वार्ता असफल भएमा फेरि बमबारी शुरु गर्ने धम्कीलाई ट्रम्पले दोहो¥याउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।