साउथ एसियन फिल्म फेस्टिभलमा सुष्मितालाई वुमन अवार्ड

.

काठमाडौं – बलिउड अभिनेत्री सुष्मिता सेनले साउथ एसियन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनय गरेबापत् ‘वर्किङ वुमन अवार्ड २०२१’ हात पारेकी छन् ।

चलचित्र ‘आर्या’ बाट लामो समयपछि पर्दामा फर्किएकी उनले यसमा गरेको अभिनय धेरैले मनपराएका थिए । यो सिरिज निकै सफल भएपछि सिरिजको दोस्रो भाग पनि बनाइएको छ । जुन केही समयअघि सार्वजनिक भएको थियो ।

अभिनेत्री सुष्मिताले यो सिरिजमा गरेको अभिनयका कारण सानो पर्दाको अस्कर मानिने एम्मी अवार्डमा समेत मनोनयनमा पनै सफल भएकी थिइन् । अवार्ड नजिते पनि उनले साउथ एसियन फिल्म फेस्टिभलमा सिरिजमा उत्कृष्ट अभिनय गरेबापत् ‘वर्किङ वुमन अवार्ड २०२१’ जित्न सफल भएकी छन् ।

आयोजकले ‘आर्या २’ मा उनले गरेको अभिनयका कारण अवार्ड दिएका हुन् । अभिनेत्री सुष्मिताले आयोजकलाई सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत धन्यवाद दिएकी छन् । पोस्टमा उनले चलचित्रका सम्पूर्ण सदस्यको लगन र मिहिनेतले आफूले त्यत्तिको काम गर्न सकेको भन्दै सबै सदस्यप्रति आभार प्रकटसमेत गरेकी छन् ।

हालसालै भने सुष्मिता प्रेमीसँगको ब्रेकअपको खबरले पनि चर्चामा आएकी थिइन् । आफूभन्दा कम उमेरका प्रेमीसँग ४÷५ वर्ष लामो सम्बन्ध सकिएको सुष्मिता स्वयंले घोषणा गरेपछि उनी समाचारमा आएकी थिइन् ।