(अडियो प्रकरणको वास्तविकता ) बद्रीप्रसाद ढुंगाना भन्छन्ः नियोजित रुपमा फसाउन खोजियो

.

काठमाडौं -नुवाकोटको बेलकोटगढी १ मा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाले आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन् ।

 

नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेका उनले आफूलाई केही व्यक्तिहरुले राजनीतिक प्रतिशोध साध्नको लागि तारो बनाएको बताए । केही दिन अघि मात्र बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले २० मत लिन २ लाख रुपैयाँ उपलब्ध गराउने भनेको श्रव्य सामग्री सार्वजनिक भएको थियो ।

 

उम्मेदवार रहेका ढुंगानाले आफू राजनीतिक रुपमा स्वच्छ छवि भएको व्यक्ति  रहेको समेत बताए । उनले आफ्नो जोडेर आएका समाचारमा पनि आपत्ति प्रकट जनाए ।