टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने

.

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको बताएका छन् । सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे । खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ । उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए । स्कटल्यान्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ । आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन् । नेपालका बलरहरूले स्कटल्यान्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा सहज भएको उनले उल्लेख गरे । नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दिपले विश्वास व्यक्त गरेका छन् । यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीयमा एक सय ५० विकेटको आँकडा पूरा गरेका छन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गरेका थिए । सन्दीपले भने ७३ खेलमै १५० विकेट लिए ।–न्युज एजेन्सी नेपाल