राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश

.

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीवार आयोजित एक विशेष समारोहका बीच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदुतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न मुलुकका राजदुतहरूले आ–आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने नियमित कुटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो । –न्युज एजेन्सी नेपाल