नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको विज्ञहरुले औंल्याएका छन् ।
सोमवार काठमाडौंमा जारी मानव अधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल, पत्रकार आरती रायलगायतका वक्ताहरुले मानव अधिकार रक्षकको रुपमा रहेको पत्रकारहरुमाथिको आक्रमण बढेको गएको तथ्य खुलाउनुभएको हो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले सत्तामा पुग्ने बित्तिकै राजनीतिक दलहरुको पहिलो निशानामा पत्रकारहरु पर्ने गरेको अनुभूति नै सुनाउनु भयो । उहाँले आफना कमजोरी पत्रकारहरुले जनतामाझ पु¥याउँछन भन्ने भयले दलहरु सत्तामा पुग्ने वित्तिकै उनीहरुको निशाना पत्रकारितमाथि हुने गरेको तथ्य सार्वजनिक गर्नुभयो । माओवादी द्वन्द्वकालको शुरुमा उनीहरुले पत्रकारहरुलाई आफनो जीवनको रक्षाका लागि उपयोग गरेपनि पछि उनीहरुले आफू शक्तिमा पुगेपछि आफनो विभिन्न प्रकरणहरु बाहिर आउने डरले पत्रकारहरुमाथि आक्रमण गरेको गाउँको भनाई थियो ।
उहाँले भन्नुभयो,‘यो मानव अधिकार रक्षकहरुको सुरक्षाको मामिलाको अनुभूति गर्दा संरचनागत रुपमा नै तिनीहरु असुरक्षित हुुन्छन् । किनभने तिनीहरु अडिनरी मान्छे, सामान्य मानिसहरुको आवाज बाहिर ल्याइदिने उनीहरुको भूमिका हुन्छ । यस्तो अवस्थामा त्यो पहँुचवालाहरुबीचको लडाईंको बेला के चल्दो रहेछ भने यो विपन्नको, पहुँचहिनहरुको र कमजोरहरुको आवाज बाहिर ल्याईदिने मान्छे कसैलाई पनि मन पर्दैन । अव मैले यसलाई राजनीतिक रुपमा भने भने मेरो कुरा राजनीतिक कुरा सोचेर तपाईहरु विभाजित नभइदिनु होला । हामी पत्रकारहरुले सबैभन्दा ठूलो असजिलो कहिले कोसँग व्यहोर्छौं भने अघिल्लो दिनसम्म सँगै कुम जोडेर बसेको मान्छे जब भोली ऊ सत्तामा पुग्छ, जब भोली ऊ सत्तारुढ हुन्छ, सत्तारुढ भएपछि कहिल्यै उनीहरुसँग हाम्रो राम्रो सम्बन्ध हुँदैन । त तपाईंलाई यसमा लामो उदाहरण बताउन सक्दछु । नेपाली काँग्रेसका नेताहरुसँग हामी कुम जोडेर बसेपछि पावरमा पुगेपछि उहाँहरुलाई असजिलो के लाग्दछ भने यी पत्रकारहरु धेरै किचकिच गर्दछन् । यिनीहरु साह्रै धेरै गनगन गर्दछन् । सरकारमा भर्खर पुगिएको छ । सिंहदरवारको बाध्यता बुझ्नुपर्दैन ? खाली जनताका कुरा ? त्यो हुनाले हामी जनतामाझ हुने सबभन्दा ठूलो प्रश्न के हो भने पावरमा पुगेपछि हामीलाई सिंहदरवारको बाध्यता ठूला लाग्न थाल्दछन् । जनताका कुराहरु बेकारका कुराहरु हुन भन्ने लाग्न थाल्दछ । अब माओवादीको बारेमा मैले बताइरहन्न । किनभने द्वन्द्वको बारेमा मैले यहाँ धेरै सिनियर साथीहरु देखिराखेको छु । माओवादीहरुका तीन वटा रणनीतिहरु थिए । रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमण । यो तीन चरणबाट गुज्रिएर आएको थियो माओवादी । माओवादीहरुलाई रणनीतिक रक्षाका लागि मानव अधिकार डिफेन्डरहरु चाहिएको थियो । किनभने उनीहरु जहीँतहीँ मारिन थालेका थिए । जहीँतहीँ उनीहरुमाथि राज्यले दमन गरिराखेको थियो । सन्तुलनमा आएपछि अलि कम हुन थाल्यो त्यो । किनभने उनीहरु पनि पावरमा पुगे अब । जब माओवादी प्रत्याक्रमणको चरणमा आयो, अर्थात ढाडमा टेकेर टाउँकोमा हान्ने भन्ने जुन रणनीतिमा आयो, उसका ज्यादतिहरु पनि चरम रुपमा बढे । बलात्कार काण्डमा माओवादीहरु संलग्न हुन थाले । मान्छेलाई मनपरी ढंगले हत्या गर्न थाले । त्यसपछि माओवादीलाई पनि हामी मन पर्न छोडयो । किनभने ती कथाहरु बाहिर आउन थाले । म छोटोमा यहाँको पहिलो प्रश्नको यान्सर के भन्छु भने–यो मानव अधिकार रक्षकहरु भनेको हल्ला गर्ने पत्रकार र विवेक प्रयोग गर्ने न्यायाधीशहरु मानव अधिकारको अन्तिम घेराको रक्षक हुन । उनीहरु लोकतन्त्रको अन्तिम घेराको रक्षक हुन भनेर भारतका एक जना विद्धानले भनेका थिए । कहिलेकाँही गल्ती ग¥यौ होला, ढंग पनि पु¥याएनौ होला । कहिलेकाँही तपाईको पनि चित्त दुखायौँ होला । तर कस्तो भने यो पत्रकारको काम भनेको हल्ला गर्ने हो । र, न्यायाधीशको काम विवेक प्रयोग गर्ने हो भनेर जसरी उहाँले भन्नुभएको छ । यो हल्ला गर्ने काम गरेर नै पत्रकारहरुले मानव अधिकार रक्षाका लागि ठूलो काम गरेका हुन्छन । हामी पनि दुधले नुहाएका छैनौ । गल्ती, कमी प्रशस्त छन । तर ती कुराका बावदुत पनि हामी मानव अधिकार रक्षाका निम्ति आफनो विवेकले भ्याएसम्म, क्षमताले भ्याएसम्म, ढंग पुगेसम्म हामी प्रयत्नशील छौँ ।’
अधिवक्ता समेत रहनुभएका डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देलले सूचना र प्रविधिको उच्चतम उपयोग गर्दै पत्रकारविरुद्धको आक्रमण बढ्दै गएको बताउनु भयो । उहाँले आफू अनुकूल नभएपछि अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले समेत पत्रकारविरुद्ध साईबर क्राईममा जान्छु भनेर धम्की दिएको दृष्टान्त पेश गर्दै वर्तमान सरकारले पनि पत्रकारहरुमाथि दुःख दिनेगरी विभिन्न हर्कत गरिरहेको जिकिर गर्नुभयो । प्रविधिमार्फत समन्वयात्मक ढंगले मानव अधिकारको रक्षकको रुपमा रहेका पत्रकारहरुविरुद्धको आक्रमण बढिरहेको प्रमुख सिग्देलको भनाई थियो ।
उहाँले भन्नुभयो,‘यो गएको २०, २५ वर्षमा अरु द्वन्द्व पीडितहरुले न्याय नपाउनुभएको जस्तै पत्रकारहरुको पनि त्यो केसहरुको दोषी को थियो, सत्य के थियो ? भनेर त्य स्टाविलिस पनि भएन । उहाँहरुले त्यसको परिपुरण पनि पाउनु भएन । यसलाई सुधार्नका लागि कुन कानूनी सुधार चाहिन्छ भन्ने बारेमा छलफल पनि भएन । एक किसिमको दण्डहिनता भयो । त्यो दण्डहिनताले अहिलेसम्म पनि पत्रकारितालाई कहीँनकहीँ हन्ट गरिरहेको पाउँछु म । किनभने त्यो बेला एउटा उदाहरण स्टाविलिस भएको भए पत्रकार एज अ ह्युमन राईट डिफेन्डर उसलाई आक्रमण गरेको केशहरुलाई त्यो बेला समाधान गरेको भए आजको यो स्थिति आउँदैथ्यो भन्ने एउटा पाटो । पत्रकार एज अ ह्युमन राईट डिफेन्डरलाई जोबाट चुनौति थियो । र आज जोबाट चुनौति छ । त्यो एकैप्रकारका एक्टरहरु हुन कि होइनन भन्ने कुरा । हिजो छापा माध्याम थियो । द्वन्द्वकालको कुरा गर्ने हो भने टेलिभिजन थियो । तर यो किसिमको इन्टरको विकास भएन थिएन । त्यो माध्याम पनि थिएन । अहिले पत्रकारिता पनि इन्नेटमा आधारित प्रविधिमा आधारित छ । अब च्यालेन्ज कहाँबाट आउँछ भन्ने माध्यम पनि परिवर्तन भयो । भोली गएर होस वा नहोस । दुःख दिनका लागि एउटा प्रोसेस शुरु गरिन्छ । त्यो अन्तर्गत समाइन्छ, बयान लिइन्छ । थर्काइन्छ, एक प्रकारको सेल्फ सेन्सरसिपको अवस्था क्रियट गरिन्छ । कसै नेताको विरुद्ध आवाज कुनै पत्रकारले उठायो भने यसले भोली गएर सजाय भोग्नुपर्दछ भन्ने हुन्छ । म एउटा उदाहरण दिन्छु–चित्त नबुझने वित्तिकै नयाँ भनिएको दल, नयाँ भनिएका नेताहरुले गएको एक महिनामा हेर्नुभयो भने जगदिश खरेलजी प्रेस काउन्सिल नेपालमा जानुभयो, म साइवर क्राईममा उजुरी लिएर जाँदैछु भन्नु हुन्थ्यो । स्वर्णिम वाग्लेजी म साईबर क्राईममा उजुरी लिएर जाँदैछु भन्नु हुन्छ । अहिले पनि हिजोको तरिकाभन्दा आजको तरिका फरक छ । तर याक्टर एउटै छ । आज त समन्वयात्मक ढंगले पत्रकारमाथि आक्रमण हुन्छ । कहिले कुनै मिडियाले हामीलाई सर्पोट गरेन भनेर अनफलो अभियान चलाउने, कहिले पत्रकारलाई कुनै राजनीतिक दलको झोलेर भनेर त्यसको विरुद्धमा अभियान चलाउने । निजी सुचनाको सार्वजनिक रुपमा चर्चा गर्ने अनि अनलाईनमा धम्की दिने पछिल्लो समयमा हेर्ने हो भने पत्रकार महासंघले निकालेको रिपोर्ट र फ्रिडम फोरमले निकालेको रिर्पोटमा पनि पत्रकारहरु विरुद्धको आक्रमण बढ्दै गईरहेको छ ।’
पत्रकार आरती रायले यौन हिंसालगायतका अपराधिक घटनाको अनुसन्धानका लागि सम्बन्धित सरकारी निकायले सूचना माग्न जाँदा सास्ती दिएको खुलासा गर्नुभयो । यौन हिंसामा कुनै ठूलो व्यक्ति संलग्न रहेकोबारे सम्बन्धित निकायको धारणा माग्न जाँदा राष्ट्रिय महिला आयोग लगायतका निकायले सूचना नदिएर दुःख मात्रै दिने गरेको उहाँको भनाई थियो । पत्रकार रायले सरकारी निकायले कुनैपनि अपराधिक घटनाको विषयमा सूचना दिनु भन्दा त्यसलाई टार्नका लागि अनेक बहाना बनाउने गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘जस्तो हामी यौन हिंसाको कुरामा अथवा लैंगिक यौनिक समुदायको विषयमा जब कुनै ठूलो व्यक्ति जोडिन्छ, त्यतिखेर जब हामी कन्सिट्युशन बडीमा जान्छौँ । महहिला आयोगमा जान्छौ । त्यतिखेर के हुँदो रहेछ भने प्रोसेस अफ पनिष्मेन्ट चाँही त्यही गराईन्छ । सेल्फ सेन्सरसिपको वातावरण त्यही क्रियट गरिन्छ । ती बडिहरुमा पहिला इन्फरमेशन लिन सजिलो थियो । जब हामी डिफिल्ट कुरा लिएर जान्छ, लैगिंक हिंसाको कुरा लिएर जान्छौँ, अथवा एउटा ठूलो व्यक्ति कुनै कलेजको यस्ता खालको केशमा इन्भल्भ हुनुहुन्छ । यस्तो पत्रकारलाई पनि आईडन्टिटीमा क्वेशन गर्ने । म एउटा केशको लागि गएको थिए– त्यहाँ कस्तो खालको कुरा हुन्छ भने तपाई त सानो हुनुहुन्छ, नानी हुनुहुन्छ । तपाईलाई के थाहा ? तपाई त सोसल ईस्यूका कुराहरु ल्याउनु हुन्छ । सूचना दिन मन भएन भने घुमाइदिने सम्मको दुख दिइन्छ ।’
पत्रकार रायले कुनैपनि सामाजिक अपराधिक घटनाको सूचना माग्ना जाँदा पत्रकारहरु आफैँले मानसिक सजाय भोग्नुपर्ने अवस्था आउने गरेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल