काठमाडौँ महानगरपालिका प्रमुख साह र उपप्रमुख डंगोलले लिए शपथ

.

काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाहले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

 

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख शाहलाई शपथग्रहण गराउनुभएको हो । उहाँले मुख्य निर्वाचन अधिकृत खतिवडाबाट नेपाली भाषामा शपथ लिए लगत्तै नेपाल भाषामा पनि सपथ लिनुभएको थियो । त्यसैगरी उपप्रमुख सुनिता डंगोलले पनि पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

 

उहाँलाई महानगरपालिका प्रमुख शाहले शपथ ग्रहण गराउनुभएको हो । उपप्रमुख डंगोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । त्यस्तै काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्षहरु, नगरसभाका सदस्य तथा वडा सदस्यहरुलाई पनि प्रमुख शाहले शपथ गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जेठ २४ गते कार्यपालिकाको निर्वाचन हुने र सोमवार नै मतदाता नामावली प्रकाशन हुने जानकारी दिनुभयो ।

News Agency Nepal