सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभाको बिहीवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि संशोधनका सबै प्रश्तावहरु बहुतमतले अस्वीकृत भए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँँदै मन्त्री वाग्लेले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न गम्भीरताका साथ काम गरिरहेको बताउनु भयो । अर्थमन्त्रीद्वारा प्रश्तुत विधेयक सभाले बहुमतले पारित गरेको सभामुखले घोषणा गर्नुभयो । –न्युज एजेन्सी नेपाल