माईतीघरमा सरकारविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन (तस्बिरहरु)

.

काठमाडौंको माईतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ ।
आईतवार माईतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुदन गुरुङको विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले बालेन–सुधनको अराजकता, सुकुम्बासी जनताको उठिबास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार मुर्दावाद लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन जनाएका हुन् । सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा राखेको थियो । तर ३ महिना बितिसक्दा पनि व्यवस्थापन गर्न नसकेको र २५ हजार रुपैयाँ दिएर आफ्नो आफ्नो व्यवस्थापन गर्नु भन्ने निर्देशन दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । शुक्रवार राति कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि उनीहरुको झनै विचल्ली भएको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

WhatsApp Image 2026-07-12 at 4.02.19 PM.jpeg