वैकल्पिक शिक्षाको अध्यापन सिटिभिटिले गर्न हुँदैन: प्रा. डा. श्रीकृष्ण गिरी

.

काठमाडौं-  चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले वैकल्पिक शिक्षाको अध्यापन प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम (सिटिभिटि) ले गर्न नहुने बताउनु भएको छ ।

 

बुधवार काठमाडौंमा आयोजना भएको वैकल्पिक चिकित्सा शिक्षाका अवसर र चुनौती विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समय सिटिभिटिले समेत वैकल्पिक चिकित्सा शिक्षाको नाममा अध्ययन गराउने काम हुन थालेकाले त्यस्तो गर्न नहुने बताउनु भयो ।

 

अध्यक्ष गिरीले चिकित्सा शिक्षा अध्यापन गराउनको लागि चिकित्सा शिक्षा अध्यापन गराउन आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्रै संस्था दर्ता गर्न पाउने व्यवस्था रहेको बताउनु भयो । उहाँले कुनै पनि सिटिभिटि वा अन्य संस्थाले चिकित्सा शिक्षा अध्यापन गराउने हो भने शुरुमा नै चिकित्सा शिक्षा पढाउनको लागि आवश्यक प्रक्रिया पूरा गरेर संस्था दर्ता गराउनु पर्ने बताउनु भयो ।

 

अध्यक्ष गिरीले सिटिभिटि भनेको मानिसहरुले आफ्नो तरिकाले स्किल बढाउनको राम्रो भए पनि चिकित्सा शिक्षाको लागू त्यो लागू नहुने बताउनु भयो । चिकित्सा शिक्षा आफै सिकेर आएर इन्जेक्सन दिन जानको छु भनेर नहुने अध्यक्ष गिरीले दाबी गर्नु भयो ।

News Agency Nepal