पूजा र सोनमको ‘जरुरी कुरा छ’ सार्वजनिक

.

काठमाडौं-पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म सम्हालिन्छ कहिले मनको पहिलो गीत सार्वजनिक भएको छ ।

 

शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’ सार्वजनिक गरिएको हो । गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् ।

 

कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्म दुबईमा खिचिएको हो । भिडियो सौरभ लामाले छायांकन गरेका हुन् । भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा पूजा र सोनमसँगै आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मका अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

 

कार्यक्रममा नायिका पूजा शर्माले यो गीतको लागि आफू धेरै प्रतिक्षारत रहेको बताइन् । करिव ४ वर्षको प्रतिक्षापछि गीत रिलिज भएकोमा खुशी व्यक्त गरिन् ।

News Agency Nepal