काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ (क) बाट प्रदेश सभापति पदमा यामप्रसाद अधिकारी (लक्ष्मण) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
भीरकोट नगरपालिकादेखि प्रदेश तहसम्म पार्टीका कार्यकर्ताको आवाज र भावनालाई प्रतिनिधित्व गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको अधिकारीले बताउनुभएको छ ।
नेपाली कांग्रेसको संगठनलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउने संकल्पसहित प्रदेश सभापतिको जिम्मेवारीका लागि अघि बढेको उहाँको भनाइ छ ।
संगठनमा रहेको अनुभव, प्रतिबद्धता र जनसेवाको निरन्तरतासहित नयाँ जिम्मेवारी सम्हाल्ने उद्देश्य रहेको अधिकारीले उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो उम्मेदवारीलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्तासँग साथ, सहयोग र अमूल्य मतका लागि आग्रह गर्नुभएको छ ।
अधिकारीले ‘अनुभव, संगठन र जनसेवाप्रतिको प्रतिबद्धता’लाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्नुभएको छ।