नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ ।
शुक्रवार महासंघको प्राङ्गडमा गौचनको सम्झनामा स्मृति सभा गरिएको हो । स्मृतिसभामा महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा स्व. शरदकुमार गौचनको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्व. गौचनले निर्वाह गरेको महत्वपूर्ण भुमिकाको स्मरण गर्दै निर्माण क्षेत्रमा गौचनको अभाव सधैँ महशुस भइरहने बताउनु भयो । यस्तैगरी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरुको विकासका लागि गौचनले सधैँ त्याग मात्र गरेको बताउनु भयो । उहाँको जीवनीबाट व्यवसायीहरुले शिक्षा लिनुपर्ने उहाँको भनाइ थियो । ०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गोली हानी गौचनको हत्या भएको थियो । –न्युज एजेन्सी नेपाल