काठमाडाैं – कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडाैंका अध्यक्ष प्रेम राई परिक्षितका ५ पुस्तक एकैसाथ लाेकार्पण गरिएकाे छ ।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्ण हरि बराल, साहित्यकार अनन्त वाग्ले,डा. यज्ञेश्वर निराैला लगायतले पुस्तक लाेकार्पण गरेका हुन् । कार्यक्रममा गीतकार कृष्णहरि बरालले परिक्षितकाका गीति सङ्ग्रह मेराे गीत मेराे प्रतिविम्वमा वियाेगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेकाे र मानवतावादी गीतहरू रहेकाे बताए ।
त्यस्तै डा. भाेला रिजालले परिक्षितका गीत सङ्ग्रहकाे समीक्षा गरेका थिए । कविता कृति माथि कवि विना थिङले समिक्षात्मक टिप्पणी गरे । साथै लाेकार्पित बाल साहित्यका कृतिहरूबारे भने साहित्यकार अनन्त वाग्ले र शान्ति सापकाेटाले समिक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकार अनन्त वाग्लले अबका बालगीतहरूले अंग्रेजी गीतहरू ‘जाेनी जाेनी एस् पापा, हेप्पी बर्थ डे’ लगायतका गीतहरू विस्थापित गर्ने क्षमता राख्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा विन्दु अधिकारी ढकालले कवि परिक्षितका कविता वाचन गरेका थिए । कुलपति गंगाप्रसाद उप्रेतीले परिक्षितकाे क्षमताकाे प्रशंसा गरे । कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई लेखक परिक्षितले ५ वटै कृति माेबाइलमा टाइप गरेर प्रकाशनमा ल्याइएकाे बताए । खाेताङकाे सिम्पानीमा जन्मेका परिक्षित नेपाली साहित्य र शिक्षण पेसामा आवद्ध छन् ।
यस अघि राईका ३ साहित्यिक कृति प्रकाशित छन् । पुस्तकहरू ईर्टनल प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएकाे हाे । पुस्तककाे मूल्य सपना उड्छ माथि माथि सपनाहरूकाे प्रतिस्पर्धा,रेल यात्रा, मेराे गीत मेराे प्रतिविम्व र दि वन्डरफुल वर्ल्ड’ रहेका छन् ।
लाेकार्पित पुस्तकहरू ‘सपना उड्छ माथि माथि, रू.१४५/- सपनाहरूकाे प्रतिस्पर्धा कविता सङ्ग्रहकाे रू. ३७५/- ,रेल यात्रा बाल गीत सङ्ग्रह रू. १५५/- , मेराे गीत मेराे प्रतिविम्व (गीत सङ्ग्रह) रू.३५५/- र दि वन्डरफुल वर्ल्ड’ (अंग्रेजी बाल कविता सङ्ग्रह) काे रू १७५/- रहेका छन् । लाेकार्पणकाे अवशर पारेर प्रकाशन गृहले सबै पुस्तकमा २० प्रतिशत छुटमा विक्रि गरेका थिए ।
