स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्नू : निर्वाचन आयोग

.

काठमाडौं – निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम्‌ प्राविधिक कारणले जटिल बन्दै जाने भन्दै सरकारसमक्ष तत्काल मिति घोषणा गर्न आग्रह गरेको हो ।

‘वर्तमान संवैधानिक एवम्‌ कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम्‌ प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा स्थानिय तहकाे  निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै आयोगले दिएको जानकारी अनुसा र१४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।

आयोगकाे विज्ञप्तिः-