सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट प्रेरणामा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितसँगै प्लेअफ दाबेदारीमा फर्किएको छ ।
कीर्तिपुरमा बिहीवार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्ससमाथि चार विकेटको संघर्षपूर्ण जित निकाल्दै यस सिजन प्लेअफ होडनजिक पुगेको हो । कप्तान सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिँदै पोखरालाई सस्तैमा अलआउट गरे । सामान्य लक्ष्य पाएको विराटनगरले चार बल अगावै लक्ष्य भेट्टाउँदै जित रच्यो । यो हारसँगै पोखराको भने प्लेअफ होडबाट बाहिरिएको छ । समान ६ खेलबाट विराटनगरले ६ अंक बटुल्दा पोखरा दुई अंकसहित पुछारमा छ । पोखराको लिगको एक खेल बाँकी छ । यसमा जितले पनि पोखराले लिगको चौथो स्थानमा रहेको विराटनगरको ६ अंक भेट्टाउने छैन । यो जितले विरानग चौथो स्थानमा उक्लिएको हो । प्लेअफमा पुग्न पोखरासँगै विराटनगरलाई पनि यो खेलमा जित आवश्यक थियो । तर स्पिनर सन्दीपको उत्कृष्ट बलिङमा विराटनगरले जित रच्यो । त्रिवि क्रिकेट स्टेडियममा सन्दीप चम्किएपछि पोखराले १३३ रनको सामान्य लक्ष्य मात्र दिन सक्यो । तर खराब शुरुवात गरेको विराटनगरले पनि त्यो लक्ष्य पूरा गर्न संघर्ष ग¥यो ।
विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ओपनर लोकेश बमले ३३ रन जोड्दा बसिर अहमदले ३७ रन बनाए । बसिरले ३९ बलमा समान दुई चौका र छक्का हिर्काए । यी दुई आउट हुँदा विराटनगर संघर्षमा पुग्यो ।
तर, इसुरु उडनाले २५ रनमा र सेहान जयासूर्याले १७ रनको अविजित इनिङ खेल्दै जित दिलाए । यी दुई बीच सातौं विकेटका लागि ३१ रनको अविजित साझेदारी भयो । १६.५ ओभरमा विराटनगर १०५÷६ को नाजुक अवस्थामा थियो । तर उडनाले १२ बलमा चार चौका र एक छक्का तथा जयासूर्यालदे १२ बलमा दुई चौका हिर्काउँदै जित दिलाए । यी चार ब्याटर बाहेक अन्य लामो समय क्रिजमा रहन सकेन ।
दुईपल्ट जीवनदान पाएका लोकेशले २७ बलमा समान दुई चौका र छक्का हिर्काए । ओपनर इमरान शेख १० रन र चरिथ असलन्का शून्यमै पभेलियन फर्किंदा विराटनगरको सुरुआत पनि राम्रो हुन सकेन । ३.१ ओभरमा विराटनगर ३.१ ओभरमा १९÷२ को नाजुक अवस्थामा पुग्यो । यसपछि पावरप्लेमा पोखराका बलरले विराटनगरको ब्याटिङलाई दबाबमा राख्यो । यससँगै पावरप्लेमा विराटनगरले ३९ रन मात्र जोड्यो । एक छेउबाट लोकेशले इनिङ समाले । यद्यपि, पोखराले कसिलो बलिङ गर्दै दबाब कायमै राखे । लोकेशले दोस्रो विकेटका लागि बसिर अहमदसँग ३७ रनको साझेदारी गरे । तर कुशल भुर्तेलको बलमा स्विप सट खेल्ने प्रयासमा १०औं ओभरमा लोकेश बोल्ड हुन पुगे । यसै ओभरमा कुशलले मेडनसहित एक विकेट लिए । यो विकेटपछि विराटनगरका ब्याटर समालिएर खेले । अनुभवी ब्याटर एन्जेलो म्याथ्युज पनि ८ रनमा र प्रतीश जिसी शून्यमा पभेलियन फर्किए । यससँगै विराटनगर १३.३ ओभरमा ७८÷५ को नाजुक अवस्थामा पुग्यो । १७औं ओभरमा बसिर पनि आउट भए । तर विराटनगरले थप क्षति बेहोर्नुपरे ।
पोखराको बलिङमा रमेश मेन्डिज र कुशल भुर्तेल दुई तथा विपिन खत्री र धनन्जय लक्षणले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । लगातार खराब फिल्डिङ गरेपछि पोखराको कसिलो बलिङले क्षति बेहोर्नुप¥यो । युवराज सामराको अर्धशतक प्रेरित पोखरा १७.५ ओभरमै १३२ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिङ गर्ने पोखराको निर्णय सही साबित भएन । तर ओपनर सामरा चम्कँदा पोखरा राम्रो योगफलतर्पm अग्रसर देखिन्थ्यो । युवराजले ४७ बलमा ८४ रनको इनिङ बनाए । उनको इनिङमा सात चौका र पाँच छक्का थियो । उनले अघिल्लो खेल (डेब्यु) मा सतक बनाएका थिए । दोस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै उनले युवराजले आफ्नो लयमा साबित गरे । १४.३ ओभरमा उनी आउट भए । विराटनगरका कप्तान सन्दीपको बलिङमा उनी क्याच हुन पुगे । यतिबेला पोखरा १२२÷६ को अवस्थामा थियो । तर यसपछि सन्दीपले लगातार थप दुई विकेट लिँदै ह्याट्रिक पूरा गरे ।
यस क्रममा उनले चौथो बलमा कप्ता चमिका करुनारत्ने र किरण ठगुन्नालाई शून्यमै एलबिडब्लु धरापमा पारे । यी विकेटसँगै सन्दीपले विराटनगरलाई खेलमा फर्काए । १५औं ओभरको समाप्तीमा पोखरा १२२÷८ को नाजुक अवस्थामा पुग्यो । एक छेउबाट श्रीलंकन अलराउन्डर धनन्जय लक्षणले इनिङ समाल्ने आशामा पोखराका समर्थक थिए । तर उनी पनि १८औं ओभरमा उनी पनि २२ रनमा रनआउट हुन पुगे । उनले १५ बलमा समान एक चौका र छक्का हिर्काए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा पोखरा सस्तैमा अलआउट हुन पुग्यो । आशा गरिएका ब्याटर तथा ओपनर अर्जुन कुमाल पहिलो ओभरमै आउट हुँदा पोखराको सुरुआत राम्रो हुन सकेन ।
लगत्तै अर्को ओभरमा कुशल भुर्तेल खाता नखोल्दै पभेलियन फर्किए । उनलाई चरिथ असालन्काले एलबिडब्लु शिकार बनाए । १.६ ओभरमा पोखरा ११÷२ को नाजुक अवस्थामा पुग्यो । एक छेउबाट युवराजले इनिङ समाले । उनले अर्जुन घर्तिसँग ३५ रनको साझेदारी गरे । यसपछि पनि पोखराले खासै राम्रो साझेदारी बनाउन सकेन । अर्को छेउबाट लगातार विकेट पतन भयो । अर्जुन ५, सन्नी बिक १२ र रमेश मेन्डिस शून्यमै पभेलियन फर्किए । यी तीनै ब्याटरलाई सन्दीपले आउट गरेका हुन् । १०.४ ओभरमा पोखराले ७६ रन जोड्दा पाँच विकेट पतन भइसकेको थियो । तर छैटौं विकेटका लागि युवराज र धनञ्जयले ४६ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पु¥याए । तर युवराजको विकेटसँगै पोखराको इनिङ धरासयी भयो ।
विराटनगरका कप्तान सन्दीपले एनपिएल इतिहासकै दोस्रो उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभरमा ६ विकेट लिँदै २७ रन खर्चिए । यसअघि गत सिजन काठमान्डु गोर्खाजका साहब आलम र विल बोसिस्टोले ६ विकेट लिएका थिए । चार ओभरमा बोसिस्टोले २८ रन र साहबले २५ रन खर्चिएका थिए । खराब लयमा रहेका सन्दीपले छैटौं खेलमा आफ्नो स्वभाविक प्रदर्शन गरे । यसअघि उनले कर्णाली याक्ससँग मात्र एक विकेट लिएका थिए । विराटनगरको बलिङमा एञ्जेलो, रूपेश सिंह र चरिथले समान एक विकेट लिए । आज दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । –न्युज एजेन्सी नेपाल