काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गरिने भएको छ ।
उक्त भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बसन्तपुर क्षेत्रको मौलिकता र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि श्री गणेश र श्री भैरवसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले वसन्तपुर दरबार क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत धार्मिक मान्यताको निरन्तरतामा समेत योगदान पु¥याउने विश्वास गरिएको छ । –न्युज एजेन्सी नेपाल














