वन कार्यालय पाल्पाका प्रमुख ज्ञवाली वन मन्त्रालयबाट सम्मानित

.

पाल्पा,सुनिल कार्की \
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवाली वन तथा वातावरण मन्त्रालयबाट सम्मानित हुनुभएको छ । लुम्बिेनी प्रदेश वन तथा वातावरण मन्त्रलायले डिभिजन प्रमुख ज्ञवालीलाई वन वातावरण तथा जैविक विविधताको संरक्षण एवं वन क्षेत्रको प्रभावकारी ब्यवस्थापन गरेको भन्दै प्रदेश मन्त्रालयले सम्मान गरेको हो ।

कार्यालयका सिमित जनशक्तिको अधिकत्तम परिचालन गरि वन वातावरण संरक्षण र व्यवस्थापनमा उल्लेख्य भुमिका खेलेको भन्दै सम्मान गरिएको मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले बताउनुभयो । पाल्पाका कार्यालय प्रमुख ज्ञवालीले वन वातावरणको क्षेत्रमा गरेको योगदानको सिको अन्य डिभिजन कार्यालयमा समेत होस भन्ने उद्धेश्यले प्रोत्साहान स्वारुप सम्मान गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।

सम्मानपत्र प्रदान गर्दै वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले यसरी आफ्नो मन्त्रालय मातहतको कार्यालयले गरेको योगदान स्वरुप निजामति कर्माचारीलाई सम्मान गर्न पाउँदा सम्रग मन्त्रालयले नै गौरब महशुस गरेको बताउनुभयो । पाल्पाका कार्यालय प्रमुख ज्ञवालीले जस्तै अन्य कार्यालयका कर्मचारीलाई आगामी दिनमा यसै गरि हौशला प्रदान गर्न पाईयोस भन्ने अपेक्षा मन्त्री हमालले राख्नुभएको थियो ।


डिभिजन वन कार्यालय पाल्पाले जिल्लाका अन्य कार्यालयको तुलनमा प्रभावकारी काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले समेत सम्मान गरेको थियो । पाल्पाको डिभिजन वन कार्यालय पाल्पाको प्रमुख भएर डिभिजन प्रमुख दिपक ज्ञवाली हाजिर भएपछि वन कार्यालय पाल्पाले जिल्लाका सामुदायिक वन उपभोक्ताको समन्वयमा जिल्लाका विभिन्न ठाउँमा वन पर्यटकीय पूर्वाधारको निर्माण भएका छन ।