निर्वाहमुखि भएर बस्ने छुट कसैलाई छैनः मन्त्री कार्की

.

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हीतका निमित्त आफ्ना गतिहरुलाई अझ तेजकासाथ अघि बढाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

 

अब निर्वाहमुखि भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले यस्तो आग्रह गर्नुभएको हो । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को पाचौं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको पनि दोहो¥याउनु भयो । त्यस अवसरमा मन्त्री कार्कीले आफू भाषण नभई व्यवहारिक रुपमै पत्रकाररुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

News Agency Nepal