काठमाडौं- मधेस प्रदेश सरकारले आगामी निर्र्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माको समेत उपस्थिति रहेको थियो ।
साथै प्रत्येक दलबाट प्रदेशसभा सदस्यहरु समेत ज्ञापन पत्र बुझाउनकालागि पुगेका थिए । ७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी ज्ञापन पत्रमा उल्लेख छ ।