तेक्वान्दोको प्रदेश छनौट प्रतियोगिता स्थगित

.

 काठमाडौं -नवौं राष्ट्रिय खेलकुदका लागि हुने तेक्वान्दो खेलको प्रदेश छनौट प्रतियोगिता स्थगित भएको छ ।

 

सोमबारको लागि तोकिएको बाग्मति प्रदेश स्तरीय तेक्वान्दो खेलको प्रदेश छनौट प्रतियोगिता स्थगित भएको हो । प्रदेश खेलकुद बिकास परिषद बाग्मति अन्तर्गतको प्राबिधिक उपसमिति सदस्य, राष्ट्रिय तेक्वान्दो संघका प्रतिनिधि र संघसँग समन्वय नगरि एकलौटी ढंगले छनौट प्रतियोगिता हुन लागेका कारण प्रतियोगिता स्थगित भएको संघका सचिव राकेश कुमार राईले बताए ।

 

‘स्थगित भएको प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघको निर्णायक (जुरी) हुने गरी र भेन्यु पनि रंगशालामा हुने समझदारी भएपछि मात्र प्रतियोगिता हुनेछ । सो निर्णय नहुञ्जेलका लागि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो,’ संघका सचिव राईले भने ।