भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

.

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

 

 

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।

 

 

मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् ।