काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा कास्की जिल्लामा सबैभन्दा बढी मत स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार शिव नेपालीले ल्याएका छन् । ४ महिना अघि मात्र रवि लामिछाने नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको उम्मेदवारी दिएको थियो । देशभर घण्टीको चर्चा र राष्ट्रिय पार्टी बन्न सफल भएको बेला समानुपातिकबाट तेस्रो स्थानमा समेत रहेको छ ।
समावेशीको हिसाबले दलिततर्फ सन्तोष परियार,शिव नेपाली,खिम बहादुर कामी,कल्पना रोक्का,रुपा शकर,सजिना विश्वकर्मा समानुपातिक उम्मेदवार रहेका छन् । यतिबेला चर्चामा भने सन्तोष परियार र शिव नेपाली रहेका छन् । कास्की क्षेत्र न १ बाट समानुपातिक घण्टीबाट समानुपातिक उम्मेदवार शिव नेपालीले भने कास्की जिल्लामा नै समानुपातिकमा सबैभन्दा बढी मत प्राप्त गरेका छन्।
समानुपातिक मतमा रास्वपा (घण्टी) १५ ,८६४ , एमाले २१,४४३, नेपाली काँग्रेस १६,२६८ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फ भने नेकपा एमालेका उम्मेदवार मानबहादुर गुरुङ २५,७०८ मत ल्याएर विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार किशोर दत्त बरालले २३,१८९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु राईले १०,९४१ मत ल्याएका हुन । कास्की क्षेत्र नं. १ मा जम्मा मत ६८,१८४ खसेको थियो जसमा बदर मत ३,०४७ रहेको थियो । आफ्नो पार्टी रास्वपाबाट समानुपातिकमा कास्कीबाट सबैभन्दा बढी मत नेपालीले पाएका छन् । गण्डकी प्रदेशमै सम्भवतः चितवनपछि बढी मत आएको समेत नेपालीले दाबी गरेका छन् ।
लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नेपाली पोखरा वडा नं.१३ का बासिन्दा हुन। लायन्स क्लबबाट सामाजिक सेवामा लागेका संगम क्लबमा १५ वर्षदेखि निरन्तर लागेर खेल क्षेत्रमा योगदान पुर्याएका छन् ।आफै पनि यातायात व्यवसायी नेपाली यातायात क्षेत्रमा भएका समस्या र बेथिति र यातायात व्यवसाय नै धरापमा परेको बताउँछन् ।
राष्ट्रको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएको यातायात व्यवसायको समस्या र अवस्थाको बारेमा राज्य मौन रहेको भन्दै आजसम्म सदनमा यी विषयमा कसैको चासो र नबोलेको बताए । आफू प्रतिनिधि सभा सदस्य भएपछि नेपालको धरापमा परेको यातायात व्यवसायलाई व्यवस्थित र व्यवसायको हक हितको बारेमा सशक्त आवाज उठाउने बताए । आफू यही समाजमा जन्मे हुर्केदेखि जातको आधारमा हुने जातीय विभेदको बारेमा आवाज उठाउने र आफ्नो मुख्य एजेन्डा र विषय नै जातीय छुवाछूत र विभेद रहेको बताए ।
रास्वपाले अहिले युवा पिढिलाई अबसर दिएको भन्दै पार्टी भित्रपनि समावेशी प्रतिनिधित्व हुने पर्ने साथ हुन्छ भन्नेमा आफू विश्वस्त रहेको नेपालीको भनाइ छ । समावेशीको हिसाबले पार्टी भित्र दलित समुदायको प्रतिनिधित्वको सवालमा पार्टीलाई आफूले गरेको योगदान, मिहिनेतको आधारमा र समानुपातिक आफूले ल्याएको मतको आधारमा पनि दलित तर्फ आफू एक नम्बरमा परेको समेत दाबी गरेका छन् ।
समानुपातिक मतमा कास्कीमा पहिलो र गण्डकी प्रदेशमा दोस्रो आउन सक्नु , कास्की क्षेत्र नं.१ भनेको कास्कीको कर्णाली हो जहाँ जस्तो काँग्रेस,एमालेको गढ भएको ठाउँमा पार्टी स्थापनाको यति छोटो समयमा यत्रो भोट ल्याउनु भनेको चानचुन कुरा नभएको भन्दै आफ्नै पार्टीको प्रत्यक्ष भोटमा भन्दा ३,५०० बढी समानुपातिकमा मत ल्याउनु आफ्नो नेतृत्व सक्षमताको परीक्षामा उत्तीर्ण भएको बताए ।
आफू कुनै कोटामा मात्र होइन प्रत्यक्ष चुनाव लडन पनि सक्षम भएको र जनताको मन र विश्वास आफ्नो पार्टी र आफूले जितेको चुनावी परिणाम आफूले पाएको मतले देखाउने बताए । प्रत्यक्ष तर्फबाट भने रास्वपाबाट दलित समुदायबाट कसैले पनि चुनाव जितेको छैन । सबैभन्दा पछाडि पारिएको दलित समुदायको प्रतिनिधि पार्टीमा कतिको हुन्छ यो भने सबैको चासोको विषय रहेको छ ।