जनता समाजवादी पार्टी राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगले जनता समाजवादी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता सम्बन्धी कितावमा अभिलेखीकरण गर्ने निर्णय सोमवार गरेको थियो । २०८१ वैशाख २३ गते जनता समाजवादी पार्टी, नेपालका संघीय संसदमा रहेको संसदीय दलका १५ जना सदस्यहरुमध्ये ७ जना सदस्यहरुले छुट्टै दल दर्ताका लागि २०८१ वैशाख २३ मा निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए । उक्त निवेदनको बारेमा निर्वाचन आयोगको बैठकले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता सम्बन्धी कितावमा अभिलेखीकरण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आायेगले जनता समाजवादी पार्टीले पेश गरेको विधान, २०८१ अभिलेखीकरण गर्ने निर्णय गरेको समेत बताउनु भयो । त्यस्तै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको बताउनु भयो । उहाँले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र जनता समाजवादी पार्टीलाई दिइ संघीय संसद सचिवालय, सबै प्रदेश सभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा समेत दल दर्ताको निर्णय गरेको जानकारी दिने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०८१ वैशाख २३ गते जनता समाजवादी पार्टी, नेपालका संघीय संसदमा रहेको संसदीय दलका १५ जना सदस्यहरुमध्ये ७ जना सदस्यहरुले छुट्टै दल दर्ताका लागि २०८१ वैशाख २३ मा निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको थियो । उक्त निवेदनको बारेमा निर्वाचन आयोगको बैठकले हिजो २४ गते केही निर्णयहरु गरेको छ । नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा जनता समाजवादी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता सम्बन्धी कितावमा अभिलेखीकरण गर्ने ।
जनता समाजवादी पार्टीले पेश गरेको विधान, २०८१ अभिलेखीकरण गर्ने भन्ने निर्णय गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र जनता समाजवादी पार्टीलाई दिइ संघीय संसद सचिवालय, सबै प्रदेश सभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा समेत दल दर्ताको निर्णय गरेको जानकारी दिने ।
नयाँ गठन भएको जनता समाजवादी पार्टीमा सो दल गठन हुनुभन्दा तत्काल अघिको जनता समाजवादी पार्टी, नेपालको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भइ सनाखत गराउन आयोगको सचिवालयले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्न र सोही बमोजिम गर्न, गराउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने । आजको गोरखा पत्रमा सूचना प्रकाशित भइसकेको छ ।’
निर्वाचन आयोगले नयाँ गठन भएको जनता समाजवादी पार्टीमा सो दल गठन हुनुभन्दा तत्काल अघिको जनता समाजवादी पार्टी, नेपालको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भइ सनाखत गराउन आयोगको सचिवालयले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको छ । त्यस्तै सोही बमोजिम सूचना प्रकाशन गर्न÷गराउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । —न्युज एजेन्सी नेपाल