चितवनको इच्छाकामनामा ३४ भूमिहीन र अव्यवस्थित बसोवासी परिवारलाई लालपुर्जा वितरण

.

चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले एक कार्यक्रमका बीच ती परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो । लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानूनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीय बासिन्दाहरू लालपुर्जा पाएसँगै आधिकारिक रूपमा जग्गाधनी बनेका छन् । वर्षौंदेखिको प्रतीक्षापछि जग्गाको स्वामित्व पाएपछि स्थानीय लाभग्राहीहरू उत्साहित देखिएका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रियालाई तिब्रता दिएको छ । सोही अभियानअन्तर्गत इच्छाकामनामा पहिचान भएका वास्तविक भूमिहीनहरूलाई पुर्जा वितरण गरिएको समितिले जनाएको छ । –न्युज एजेन्सी नेपाल