थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै (तस्बिरहरु)

.

सरकारले शुक्रवार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीस्थित सुकुम्वासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् । वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको भविष्य—सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदयविदारक देखिएको छ । कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् भने कोही अब कहाँ जाने भनेर चिन्तामा छन् । उनीहरु भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही ? मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् । कतिपयले त आफ्नो घर आफैँले भत्काउन शुरु गरेका छन्, मानौँ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैँ मेट्न बाध्य छन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल