रुकुम पश्चिम र न्यु डायमण्डको लगातार दोस्रो जित

.

न्यु डायमण्ड स्पोटर््स क्लवले जारी प्रधानमन्त्री दशौं कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्पm लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार भएको आफ्नो दोस्रो खेलमा न्यु डायमण्डले एभरेस्ट भलिबल क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । दोस्रो खेलमा न्यु डायमण्डको यो दोस्रो जित हो । भारतीय खेलाडीको साथ पाएको एभरेस्टले पहिलो दुई सेटमा निकै चुनौती दियो । तर, न्यु डायमण्डले पहिलो सेट २८–२६ र दोस्रो सेट २६–२४ ले संघर्षपूर्ण रूपमा जित्यो । सेटमा २–० को अग्रतासँगै न्यु डायमण्डले बलियो आत्मबल बटुल्यो । तेस्रो सेट न्यु डायमण्डले २५–१४ ले फ्नो बनाउँदै एभरेस्टमाथि सोझो सेटमा जित आत्मसात् ग¥यो । पहिलो खेलमा न्यु डायमण्डले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो ।
यता, एभरेस्टको भने यो दोस्रो हार हो । एभरेस्ट पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो । तर, एभरेस्टले दोस्रो खेलमा घरेलु प्रतियोगिताकै सबैभन्दा बलियो टोली एपिएफ क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै लयमा रहेको संकेत ग¥यो  । यद्यपि, तेस्रो खेलमा न्यु डायमण्डलाई चुनौती दिए पनि एभरेस्टले सफलता पाउन सकेन । महिलातर्पm खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यससँगै साबिक विजेता पुलिसले पनि दोस्रो खेलमा आफ्नो विजयी यात्रा जारी राख्यो । पुलिसले सुदूरपश्चिममाथि २५–१२, २५–५ र २५–१९ ले सहजै हराउन सफल भयो ।
शनिबार भएको पुरुषतर्पmको खेलमा रुकुम पश्चिम भलिबल केन्द्रले कोशी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले कोशीमाथि २५–२३, २५–१७ र २५–२० ले हरायो । रुकुम पश्चिमको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा पनि रुकुम पश्चिमले एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । –न्युज एजेन्सी नेपाल