काठमाडौं – चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् ।
रेखाले अमेरिका बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । ३७ वर्षीया थापा र ४० वर्षीय शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। १० वर्षअघि ओझासँगको वैवाहिक जीवन टुंगिएको थियो । पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्।