‘प्राङ्क’को नाममा सर्वसाधारणको भिडिओ बनाउने युट्युबर पक्राउ

.

काठमाडौं – सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ ।‘नेपाली प्राङ्स्टर्स’नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा विर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

भक्तपुर कौशलटार बस्दै आएका सेढाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ ।

 

 

उनले प्राङ्कको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

 

 

प्राङ्कको नाममा सर्वसाधारणलाई दु:ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

May be an image of text