शालीन र ज्ञानमती घटनाले उब्जाएको एक तथ्य

.

ओम थपलिया

काठमाडौं -गएको हप्ता चितवनको माधवपुर स्थित हजुरआमाको संरक्षणमा रही निजी स्कुलको होस्टेलमा बसी पढ्ने १४ बर्षिय बालिका शालीन झण्डिएको अवस्थामा मृत भेटियो । शालीनको हत्या भएको आशंकामा चितवन र काठमाण्डौमा समेत पीडितका आफन्तहरुले आन्दोलन गरे । शालीनको सुसाइड नोट फेलापरे पछि आन्दोलन मन्थर भयो र सोमबार उनको शवको दाहसंस्कार पनि भयो ।

त्यसको एक दिन पनि नबित्दै अर्थात मंगरबाट पुर्वी नेपालको पत्थरीशनिश्चरेमा १५ बािर्षया किशोरीको अघिल्लो रात धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरी रिपोर्ट आइसक्यो र हत्यारालाई पनि प्रहरीले सार्वजनिक गरिसक्यो । आजकल हरेक दिन जसो महिला तथा किशोरी माथि र सानासाना वालबालिकाहरु माथिका हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको छ । यहाँ बयार गरिएको दुईवटा घटनाहरु फरक ठाउँमा फरक फरक मितिमा फरक परिवेशमा घटित हुन । एउटा आत्महत्या छ भने अर्को हत्या छ । तर यी दुईवटा घटनाहरुमा एउटा परिवेश र पृष्ठभूमि समान छ जुन विषयमा यहाँ विस्तृतमा चर्चा गर्न खोजएको छ । स्वर्गीय शालीन पा्ेख्रेल सानो छँदै उनको आमा र बुवाको सम्बन्ध विच्छेद भै उनी आमा र बुबा दुवैको माया र संरक्षणबाट बञ्चित भएकी रहिछन् । सम्बन्ध विच्छेद पछि उनकी आमा र बुबा दुवैले दोश्रो विवाह गरे पछि उनी हेरचाह र संरक्षणको लागि मामा घरको हजुरआमाको पुगेकी रहिछन् र अझ मामाघर भनिए पनि उनी खासमा निजी बिद्यालयको होस्टेमा पुगिन ।

 

यता २ दिन अघि हत्या भएकी खोटांग घर भएकी १५ बर्षीय किशोरी ज्ञानमती पत्थरी शनिश्चरेमा मामाको छोराको घरमा बस्दै आएकी रहिछन् । ज्ञानमती मामाको छोराले सञ्चालन गरेको खाजाघरमा काममा सघाउने गर्थिन । बजार क्षेत्रमा खुलेका यस्ता खाजा घरहरु सामान्यतया किशोरीहरुका लागि सुरक्षित हुँदैनन । अझ बालश्रमको कुरा गर्ने हो भने त बालश्रममा भेटिने बालबालिकाहरुको पृष्ठभूमि खोज्दै जाने हो भने उनी मध्ये अधिकांशको अभिभावकहरु या त अत्यन्त विपन्न या कुनै न कुनै कारण पारिवारिक विखण्डन भएको या विपद वा अँन्य कारणले अभिभावक विहिन भएको पाइन्छ । यसरी केलाउँदा जुन बेलामा उनलाई आमाबुवाको संरक्षण र हेरचाह आवश्यक थियो त्यही समयमा उनी आमाबुवाका काखमा नभै मामाको छोराको संरक्षणमा पुगिन । र उनी मामाको छोराको खाजा पसलमा काम गर्न गर्थिन जुन ठाउँ नै उनको हत्याको लागि उर्बर बन्यो । माथिको दुवै घटनामा मर्ने या मारिने जे भए पनि उनीहरु आफ्ना आमाबुवाको साथमा नभएर नजीकका आफन्तको सहारामा हुर्केका या बसेका देखिन्छन ।

 

आमाबुबाको माया ममता, संरक्षण र हेरचाहमा हुर्किन पाएको भए निश्चय नै शालीनले यस्तो भयानक मृत्युको बाटो रोज्दैनथिइन् । त्युसैगरी आमाबुबाको संरक्षणपूर्ण काखमा भएको भए सायद ज्ञानमती १५ बर्षकै उमेरमा बजार क्षेत्रको खाजा पसलमा काम गर्न पुग्दिन्नथिइन होला, अनि त्यस्तो हत्याराको तारो बन्ने थिइनन होला र उनको त्यस्तो विभत्स हत्या हुँदैनथ्यो होला । माथिको विश्लेषणबाट हामीले, हाम्रो समस्त समाजले के पाठ सिक्न आवश्यक छ भने, हामी अलग अलग ब्यक्ति भए पनि परिवारमा हामी सबैको आआफ्नो दायित्व र जिम्मेवारी रहन्छ, । ब्यक्तिमा निहित त्यो पारिवारिक र सामाजिक दायित्व यदि त्यो ब्यक्तिले कुनै पनि वहानामा निर्वाह नगरेको खण्डमा त्यो परिवारमा अन्य सदस्य माथि र उ आफै माथि दूरगामीरुपमा पर्न जान्छ र त्यो असर क्रमशः परिवारबाट समाज र देशमै पर्न जान्छ । तसर्थ, सबैभन्दा पहिले हामी हाम्रो परिवारहरु बलिायो बनाऔँ, परिवारमा अभिभावकहरुले एक आपसका सम्बन्धहरु सुमधुर बनाऔँ, आवेगमा या बहकाउमा कुनै अप्रिय र असामाजिक कदम नचालाँँ। परिवारमा, छिमेकमा र समाजमा कुनै कारणबस आमाबुबाको माया र काखमा हुर्कन नपाएका बालबालिकाहरु छन् भने उनीहरुलाई सम्भाव्य हिंसाको जोखिमबाट बचाउन नजीकका आफन्त र वरपरका सचेत छिमेकी वा अन्य नागरिकले निगरानी गरौँ । किनकि बलत्कारीहरु र हिंसकहरुले यस्तै सहाराविहिन बालबालिका र किशोरकिशोरीहरुसम्म पुग्ने अवसरहरु खोजिरहेका हुन्छन् ।