सबै एटीएम बुथमा सेनिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन

.

काठमाडौं – कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ । जसअनुसार सेवाग्राहीको भीडभाड नहुनेगरी भौतिक दूरी कायम रहने व्यवस्था मिलाई सेवा दिन निर्देशन दिइएको छ ।

त्यस्तै सबै एटीएम बुथहरुको ढोका खुलै राख्न र सेनिटाइजरको व्यवस्था गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई भनेको छ । यसअघि पनि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो । तर संक्रमण दर घट्दै जाँदा कतिपय एटीएम बुथहरुमा सेनिटाइजर नहुने तथा बैंकहरुमा सुरक्षा मापदण्ड पनि बेवास्ता हुँदै आएको थियो ।

राष्ट्र बैंकले आन्तरिक बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।