दिनहुँ बढ्दै कोरोना, पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा संक्रमण पुष्टि

.

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८९६५ र एन्टिजेन विधिबाट २४६४ जनामा परिक्षण गर्दा १ हजार  ४४६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।

यस्तै, आज थप २५५ जना कोरोना संक्रमण मुक्त भएका छन्  भने २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।