क्व्होलासोंथर गाउँपालिकामा उपाध्यक्षसँग महिला कार्यक्रम

.

लमजुङ-क्व्होलासोंथर गाउँपालिकामा उपाध्यक्षसँग महिला कार्यक्रम सुरु भएको छ । पालिकाभित्रका बेरोजगार तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई विभिन्न सीप सिकाएर दक्ष बनाउनका लागि कार्यक्रम सुरु गरिएको हो ।

गाउँपालिका शिक्षा प्रमुख दिपक पौडेलका अनुसार चालु आर्थिक बर्षको गाउँपालिका उपाध्यक्षसंग महिला कार्यक्रम अन्र्तगतको १० लाख बजेटबाट कार्यक्रम सुरु गरिएको हो ।

 

उक्त कार्यक्रम अन्तर्गत क्व्होलासोंथर-५ सिङदीमा स्थानीय महिलाहरुको क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष कुमारीमुुनी गुरुङको उपस्थितिमा भएको छ । तालिममा वडाका ५२ जनाको महिलाको सहभागिता रहेको छ । पालिकाको महिलाको शैक्षिक, आर्थिक, व्यवसायीक दक्षता बढाएर अघि बढाउन कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

न्युज कारखाना