खोटाङ -खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गुम्बा शिलान्यास गरिएको छ । साँढे तीन करोडमा बन्ने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शनिबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिलान्यास गरेका छन् ।
गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा रहेको पुरानो र सानो गुम्बाको ठाउँमा ठूलो र व्यवस्थित गुम्बा बनाउन लागिएको हो । गुम्बा निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने र डिपिआर तयार पारेर निर्माणको काम सुरु गरिने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मनकुमार गुरुङले बताए ।
नवनियुक्त मन्त्री राईलाई सम्मान
गाउँपालिकाको केन्द्र बाक्सिलामा बौद्ध गुम्बा शिलान्याससँगै नवनियुक्त मन्त्री राईलाई सम्मान कार्यक्रम राखिएको थियो । केपिलासगढी गाउँपालिका–३ बासपानी घर भएका नवनियुक्त मन्त्री राईलाई विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फेटा, दोसल्ला र खादा ओढाएर सम्मान गर्दै बधाई दिएका छन् ।
न्युज कारखाना