राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त

.

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँले सरकारले नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले वागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ ।
उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय वागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने । 
नेपाल लेखा परीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।
राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्ति गर्ने ।
नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने ।’

सरकारले नेपाल प्रशासन सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी पदमा केदारनाथ शर्मालाई बढुवा गरेको छ । —न्युज एजेन्सी नेपाल