मनाङ एघार वर्षपछि एनआरटीसँग पराजित

.

काठमाडौं-कीर्तिमानी आठ पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता  मनाङ मर्स्याङ्दी क्लब एघार वर्षपछि न्युरोड टिम एनआरटीसँग पराजित भएको छ ।

 

आइतबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेसुके ओलोमोउको गोल निर्णायक बन्दा मनाङ एनआरटीसँग १-० अन्तरले पराजित भएको हो ।  खेलको २६ औं मिनेटमा मेसुकेले गोल गरे ।

 

पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो । मनाङ ११ वर्ष पछि नै लगातार दुई खेलमा पराजित भएको हो। अघिल्लो खेलमा एपीएफसँग मनाङ पराजित भएको थियो ।

 

जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।  मनाङ भने १२ खेलमा २० अंक जोडेर तेस्रो स्थानमा झरेको छ

न्युज कारखाना