रुसमा अमेरिकी सैनिक पक्राउ परेको ह्वाइट हाउसको पुष्टि

.

ह्वाइट हाउसले एक अमेरिकी सैनिकलाई सप्ताहन्तमा रुसमा हिरासतमा राखिएको पुष्टि गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाल दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकलाई रुसमा हिरासतमा राखिएको हो । सिपाहीलाई चोरीको आरोप लगाइएको थियो । नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसमा दैनिक प्रेस ब्रीफिङमा अमेरिकी सरकारलाई यस मुद्दाबारे जानकारी रहेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।