बुबाले देखाउनुभएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भुमिका निर्वाह गर्छुः सुहाङ नेम्वाङ

.

इलाम– २ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले स्वर्गीय बुबा सुवासचन्द्र नेम्वाङले देखाउनुभएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

बुधवार संसदको पद तथा गोपनीयताको शपथ पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनुभएको इमान र निष्ठापूर्वक काम गर्ने बताउनु भयो । उहाँले संसदको शपथग्रहणसँगै भावुक र हर्षित दुवै भएको बताउनु भयो । उहाँले इलामका जनताले इलामका समस्या समाधान गर्ने र जनताको हितमा काम गर्न पठाएकाले इलामका जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले इलामको समस्या र विकासका लागि जनप्रतिनिधिको रुपमा ठूलो अवसर दिएकाले अवसरलाई निष्ठापूर्वक निर्वाह गर्ने बताउनु भयो । उहाँले नेपालमा धेरै विकास निर्माण र नीति निर्माणहरु भएपनि प्राविधिक र सुशासनमा कमजोरीको कारणले सबै कामले पूर्णता प्राप्त नगरेको बताउनु भयो । उहाँले सबै राजनीतिक दलसँगको सहकार्य र समन्वयले मात्र विकासको काम गर्न सकिने बताउनु भयो । उहाँले संसदमा नीति निर्माणलाई नै प्राथमिकतामा पर्ने तर आफू संसदमा इलामेली जनताको विश्वास र भरोसाले आएकाले इलामका समस्यालाई समाधान गर्ने र विकास निर्माणको लागि आवश्यक नीति बनाउने कुरामा प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘संसदको शपथग्रहणसँगै म भावुक र हर्षित दुवै बनाएको छ । ठूलो अवसर प्राप्त भयो भन्ने लाग्छ । इलामका जनताको हितमा काम गर्न पाउनु र इलामको समस्या र विकासका अवाजलाई संसदमा उभिएर गर्न पाउनु मेरो लागि ठूलो अवसर हो । नेपालमा धेरै विकास निर्माण र नीति निर्माणहरु भएको छ । प्राविधिक र सुशासनमा कमजोरीको कारणले सबै कामले पूर्णता प्राप्त गरेको छैन । कार्यान्वयन हुन सकेको छैन । सबै राजनीतिक दलले सहकार्य र समन्वयकारी भुमिकाको माध्यमबाट कार्यान्वयन गर्नुपर्छ । बुबाले देखाउनुभएको इमान र निष्ठापूर्वक ती कामहरुलाई अगाडि बढाउछु । संसदमा नीति निर्माणलाई नै प्राथमिकतामा राखिन्छ । तर म संसदमा इलामेली जनताको विश्वास र भरोसाले यहाँ पुगेको छु । इलामको समस्यालाई कसरी समाधान गर्ने,विकास निर्माणको लागि आवश्यक नीति बन्न नसकेकाले त्यसलाई प्राथमिकतामा राखेर काम गछु । समृद्ध नेपालको लागि सबै राजनीतिक दलको एकता आवश्यक भन्ने कुरा बुबाले भन्दै आउनुभएको थियो । हरेक कुराको समाधान संवादबाट नै हुन्छ । संसदको अवरोध संवादको माध्यमबाट समाधान गरेर अग्रजहरु जानुहुन्छ भन्ने विश्वासमा म छु ।’

उहाँले समृद्ध नेपाल बनाउनको लागि सबै राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै संसदको अवरोध संवादको माध्यमबाट हल गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल