संयुक्त राज्य अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले नागरिकको ज्यान गुमाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिको लागि हतियार सहायताको ढुवानी रोकेको जनाएको छ । राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायललाई सुरक्षा सहायता रोक्ने कुरा पुष्टि गर्नुभएको थियो । राष्ट्रपति जो बिडेनको प्रशासनले राफाहको अवस्थालाई नियालरिहेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो