सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपरान्ह संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । त्यसैगरी म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाईने पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको पनि राष्ट्रपति पौडेलले बताउनु भयो । नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरी तीन वटै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि राष्ट्रपति पौडेलले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाईनेछ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान संचालन गरिनेछ । तीन वटै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ । स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरुसँग कार्य गरिनेछ । निजी क्षेत्रको समेत सहभागितामा सातै प्रदेशमा विजनेश इन्कुवेशन सेन्टर स्थापना गरी स्टार्टअपको विकास र प्रवद्र्धन रिनेछ । आगामी आर्थिक वर्षमा कम्तिमा १ हजार युवालाई स्टार्टअप व्यवसाय संचालन गर्न सुहलियत कर्जा प्रदान गरिनेछ ।’
राष्ट्रपति पौडेलले स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरुसँग कार्य गरिने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल