पल शाहले प्रहरीसामु गरे आत्मसमर्पण

.

काठमाडौं – अभिनेता पल शाहले प्रहरी्समक्ष आत्मसमर्पण गरेका छन् । यौन दुराचारको आरोप लागेका अभिनेता शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गरेका हुन् ।

 

 

एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार बिहान मात्र प्रहरीसामु उपस्थित हुने बताएका थिए । आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै  उनले क्षमा याचनासमेत गरेका थिए ।

 

 

साथै अभिनेता शाहले काठमाडौंमा युट्यूवरले तमासा गर्ने भन्दै आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेकाे र साेहीअनुसार उनलाइ तनहुँमै नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

 

 

पीडितका परिवारले अभिनेता शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।