नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने

.

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दुई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपालले त्रिदेशीय टी–२० क्रिकेट खेल्नुअघि पीएनजीविरुद्ध घरेलु मैदानमा दुई एकदिवसीय क्रिकेट खेल्न लागेको हो । 

 

कीर्तिपुरस्थित टियु मैदानमा नेपालले ११ र १२ चैतमा खेल्नेछ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृंखला खेल्नेछ । घरेलु मैदानमा हुने शृंखला १४ चैत्रमा सुरु भई २१ गते सकिने छ ।

 

नेपाली टोली हाल आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि श्रीलंका पुगेको छ । श्रीलंकामा नेपालले त्यहाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

 

डिभिजन २ मा आठ खेलबाट आठ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले २० खेलबाट २९ अंक जोडेको छ ।

न्युज कारखाना