अल्पाइन एकेडमीमा निःशुल्क दन्त शिविर सम्पन्न (फोटो फिचर)

.

काठमाडौँ । समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा नेसनल ओपन स्काउट क्र्यूले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ डाँछी स्थित अल्पाइन एकेडमीमा आयोजित निःशुल्क  दन्त शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा ७ सयभन्दा बढी विद्यार्थी, अभिभावक, र शिक्षकहरूले दन्त परीक्षण र परामर्श सेवा प्राप्त गरेको कार्यक्रमका संयोजक विदुर गिरिले जानकारी दिए ।

शिविरका क्रममा सहभागीहरूले दन्त परीक्षण, रोग निदान, परामर्श, र निस्शुल्क औषधि, मन्जन, तथा ब्रस प्राप्त गरेका थिए। आयोजकका अनुसार यो अभियानले समुदायमा दन्त स्वास्थ्यप्रतिको चेतना फैलाउन र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन विशेष योगदान पुर्‍याएको छ।