विल्डकन इन्टरनेश्नल एक्स्पोः ब्राण्ड प्रमोसनमा प्रदर्शनीको भुमिका महत्वपूर्ण

.

निर्माण सामग्री उत्पादनकर्ता, निर्माण व्यवसायी तथा उपभोक्ताहरु आफूले खोजेको सामग्री एकैठाउँमा पाएपछि उत्साहित देखिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी दशौँ नेपाल विल्डकन इन्टरनेश्नल एक्स्पोमा आफूले खोजेको सामग्री एकैठाउँमा पाएपछि उत्साहित देखिएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव एवं प्रवक्ता शिवहरी घिमिरेले निर्माण कार्यमा उपयोग हुने सामग्री एकै ठाउँमा हेर्न पाउँदा उत्साहित भएको बताउनु भयो । उहाँले देशमा यस्तो प्रदर्शनीको आयोजना गर्नु गर्वको कुरा भएको बताउनु भयो । निर्माण व्यवसाय चलायमान नहुँदा प्रदर्शनीमा अवलोकनकर्ताको कमी भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो नेपालमा जुन विल्डकन इन्टरनेश्नल एक्स्पो भइरहेको छ, यो नेपालको लागि पनि गर्वको कुरा हो र हामी निर्माण व्यवसायीहरुका लागि पनि गर्वको कुरा हो । विभिन्न निर्माणका सामग्रीहरु जुन निर्माण कार्यमा उपयोग हुन्छ यहाँ एकै ठाउँमा पाइने भएकाले र यसको प्रदर्शनी, यसको डिजाइनहरु घरहरु, टायलहरुको फ्याक्ट्रीहरुको कुरा, कन्स्ट्रक्सनका विभिन्न किसिमका मेटरिएलहरु छन् यी सबै एकै ठाउँमा हेनै पाउँदाखेरी हामी उत्साहित छौँ । अहिलेको यस्तो विसम परिस्थितिमा पनि यो एक्स्पो गरेर यो आयोजना गरेको छ यो धेरै नै सह्रानीय छ । यहाँ कन्स्ट्रक्सन इक्वेप्मेन्टहरु जुन हुनुपर्ने थियो त्यो छैन, यो हिसावले कन्स्ट्रक्सन क्षेत्र चलायमान छैन भन्ने चाहीँ देखिन्छ किनभने यहाँ धेरै कुराहरु सिमेन्ट, डण्डी, अरु मेनुफेक्चरका इक्वेप्मेन्टहरु छन् तर यहाँ धेरै कुराको कमी महशुस भयो । कन्स्ट्रक्सन व्यवसाय चलायमान भएको भए धेरै मान्छेहरु हेर्न आउँथे, यति राम्रो बनाइरहेको छ जसले यो एक्स्पोको आयोजना ग¥यो हामी धन्यवाद दिन चाहन्छौँ ।’

टाइम्स मानश्री अर्गनाइजेसनका प्रदीप आचार्यले निर्माण व्यवसायसम्बन्धी उपकरणहरुमा लाग्ने टायरको प्रदर्शनीमा उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएको बताउनु भयो । प्रदर्शनमा आफ्नो ब्राण्डको प्रमोशन राम्रो भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो यो स्टल नम्बर ५० मा योकामा टायरलाई प्रिजेन्ट गरिरहेका छौँ । प्राइमेक्स, ग्यालेक्सी र अलाएन्स गरेर तीन  तीन वटा मोडेलको टायर प्रिजेन्ट गरेका छौँ । यो कन्स्टक्सन रिलेटेड भएको कारणले गर्दाखेरी नेपालको जति पनि कन्स्ट्रक्सन रिलेटेड इक्वेपमेन्टमा लाग्ने, टिपरहरुमा लाग्ने भएकाले यो टायर यहाँ प्रिजेन्ट गरिरहेका छौँ । राम्रो फिड ब्याक पाइरहेका छौँ, कस्टम्मरहरु आइरहुनुभएको छ । हाम्रो ब्राण्ड प्रमोसन राम्रो भइरहेको छ यहाँबाट ।’

निर्माण व्यवासय महासंघका संस्थापक सदस्य एवं निर्माण व्यवसायी टोपबहादुर श्रेष्ठले प्रत्येक वर्ष नयाँ नयाँ उपकरणहरु आइरहेको बताउनु भयो । प्रदर्शनीमा विभिन्न कम्पनीहरुसँग उत्पादित सामग्रीहरुका बारेका बुझ्ने अवसर पाएकाले बजारमा सामान खरिद गर्न सजिलो भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नयाँ त प्रत्येक वर्ष नयाँ नयाँ नै मेटरियलहरु जुनसुकै फ्याक्ट्रीहरुले पनि निकालिरहेकै छन् । मैले हेरेँ टायलदेखि सेरामिक्सहरु सम्पूर्ण नयाँ नयाँ आइरहेको छ । हामीले पनि युज नगरेको नदेखेको नयाँ देखेँ मैले अहिले । त्यही हेर्नलाई निरीक्षण गर्नलाई पनि आको । यो त हामीहरुका लागि हरेक दृष्टिकोणले जरुरी नै हो, हामीलाई पनि थाहा नभएका कतिपय कुराहरु यहाँ आएपछि थाहा पाउँछौँ । यहाँ त एउटा मात्रै कम्पनीको छैन, विभिन्न कम्पनीहरुको छ, विभिन्न कम्पनीहरुसँग बुभ्mन पाउँछौँ । बुझेपछि धेरै कुराहरुको अनुभव हुन्छ, त्यही अनुसार हामी मार्केटमा डिल गरेर मेटरियलहरु उठाउँछौँ ।’

इन्टेरियर डिजाइनर ई. अर्जुनप्रसाद महतले  घर निर्माण गरिरहेका व्यक्तिहरुका लागि आवश्यक सामग्री प्रदर्शनीमा पाइने बताउनु भयो । निर्माण व्यवसायमा बैंकले ऋण नदिँदा निर्माण व्यवसायको गति धिमा भएको उहाँको बुझाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो नेपालमा कन्स्टक्सन अलि स्लो भएको कारण चाहीँ एक त फाइनान्सियल हो,बैंकहरुल फाइनान्स गर्दैन । अर्को कुरा नेपालको पोलिटिकली सिनारियो राम्रो छैन त्यो कारणले पनि हो । हरेक विजनेसहरुमा अहिले राम्रो छैन जसले गर्दा घर बनाउने मान्छेहरु कमै छ । तर यो लेभलको प्रदर्शनले गर्दाखेरी  कोही मान्छेले म घर बनाउँदैछु मलाई यस्तो मेटरियल चाहिन्छ भनेर बाहिर खोज्दा नपाउने चिज पनि यहाँ पाइन्छ । यहाँ आएर हेर्दा राम्रै हुन्छ ।’ 

इन्टरिजेन्ट एशोसिएशन अफ नेपालका महासचिव एवं इन्टेरियर डिजाइनर रामगोपाल तण्डुकारले पहुँच बाहिर भएका इन्टेरियर डिजाइनरका लागि प्रदर्शनी अवसर भएको बताउनु भयो । प्रदर्शनीले उत्पादित सामग्री सजिलै पाउन सकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी इन्टेरियर डिजाइनर लेटेड भएकाले पनि जति पनि प्रडक्टहरु छन्  इन्टेरियर प्रडक्टहरु छन्, इ इन्टेरियर डिजाइनरहरु हामीसँग आवद्ध छन् । करिव हामी साँढे २ सय इन्टेरियर डिजाइनरहरु छन् जुन मेम्बर भयो । बाहिर काम गर्ने त धेरै छन् । हामी यहाँ किन आवद्ध छौँ भने जो मेम्बर छैनन् उनीहरुलाई इन्टेरियर डिजाइनर बन्नका लागि पनि आह्वान गर्छौं यो स्टल राखेर । सँगसँगै जति पनि इन्टेरियर डिजाइनरहरु छन् यहाँ एक्जिविसन भइरहेको छ भनेर खबर गर्छौँ जस्को पहुँच बाहिर भइरहेको हुन्छ, थाहा नहुन सक्छ उनीहरुलाई भनेर पनि भिजिट गराउँछौँ । सबै इन्टेरियर डिजाइनरहरुले सबै प्रडक्टहरुको पहुँच हुँदैन, कसैलाई के प्रडक्ट चाहिरहेको हुन्छ थाहा हुँदैन । आज भन्दा पाँच ६ वर्ष अगाडि कुनै प्रडक्ट लिनुप¥यो भने धेरै गा¥हो हुन्छ, बाहिर गएर कहाँ खोज्ने भनेर सक्षम हुँदैन । यो एक्जिविसनले के प्रडक्ट आइरहेको छ भनेर इजिली थाहा हुन्छ ।’

हुलास आल्मोनियमका काशीकुमार दासले अवलोकनकर्ताबाट राम्रो प्रतिक्रिया पाएको बताउनु भयो । उहाँले उपभोक्ताहरुले नयाँ उत्पादनको खोजी गरिरहेकाले आफ्नो कम्पनीले नयाँ उत्पादन शुरु गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अवलोकनकर्ताहरुको फिडब्याक धेरै राम्रो छ । कस्टम्बरहरु पनि चेन्ज भएको छ, मानसिकता पनि चेन्ज भएको अवस्था छ अहिले, केही नयाँ नयाँ कुरा खोजिरहनु भएको छ । अहिलेको डेटमा भन्नुहुन्छ भने  धेरै कुरा यहाँ एभाइलेबल छैन, प्रायः आयात गरेर कस्टम्बरहरुको सन्तुष्टि भइरहेको,  आयातमा केन्द्रिकृत भइरहेको अवस्थामा हामीले हुलास स्टिलको हामी आफैले म्यानुफ्याक्चर नै हो । र यसमा हामीहरुले इनोभेसन गरेर हुलास आल्मोनियम ४३ वर्षदेखि बजारमा विश्वास जितेको अवस्थामा अहिले केही कस्टम्बरको मागअनुसार नयाँ स्काइल्याण्ड ब्राण्डमा आफ्नो प्रोडक्ट लञ्च गरेका छौँ ।’

एक्स्पोमा पुगेका अवलोकनकर्ता तथा उपभोक्ताहरुले प्रदर्शनीमा राखिएका सामग्रीबारे राम्रो जानकारी हासिल भएको बताएका छन् । उत्पादित सामग्रीहरु बजारबाट खरिद गर्न तथा मूल्यमा नझुक्किन प्रदर्शनीले सहयोग पुगेको उनीहरुको भनाइ छ । –न्युज एजेन्सी नेपाल