रोशन रेग्मी
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ तेउनास भन्ने स्थानमा एक व्यक्ति कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा पाल्पा, रामपुर नगरपालिका–१० कुमालटोलका ५८ वर्षीय मेघनाथ कुमाल रहेका छन्। उनी बैदेशिक रोजगारीका लागि बाहिर रहेकी छोरीलाई सामान पठाउन भन्दै घरबाट हिँडेका थिए। तर, निर्धारित स्थानमा नपुगी उनले कालीगण्डकी नदीमा हाम फालेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ। स्थानीयवासीको सहयोगमा नदी किनार र आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।