इटालीको प्रजनन दर २०२४ मा रेकर्ड गरिएको सबैभन्दा कम स्तरमा झरेको छ । देशको मुख्य तथ्याङ्कीय निकायले सोमवार गत वर्ष इटालीमा लगभग ३ लाख ७० हजार जन्म दर्ता भएको बताएको छ । जुन अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले कमी हो । मृत्युदर पनि घटेको जनाएको छ । जुन गत वर्ष ३.१ प्रतिशतले घटेर ६ लाख ५१ हजार पुगेको छ । यसको अर्थ २०२४ मा देशमा जन्मभन्दा २ लाख ८१ हजार बढी मृत्यु भएको थियो । जसले गर्दा देशको औसत आयु ८३.४ वर्ष पुगेको छ । तथ्याङ्कअनुसार प्रति १ हजार बासिन्दामा ६ जन्म र ११ मृत्यु भएको थियो । तथ्याङ्कले देखाएको छ कि २०२४ मा देशको समग्र प्रजनन दर प्रतिमहिला १.१८ बच्चामा झरेको छ । जुन स्थिर जनसंख्या कायम राख्न आवश्यक २.१ को प्रतिस्थापन स्तर भन्दा धेरै कम हो । घट्दो जनसंख्या प्रवृत्ति, एक्लै बस्ने मानिसहरूको संख्यामा वृद्धिसँगै, इटालीमा औसत परिवारको आकार २.२ जनामा घटेको छ । जुन दुई दशक अघि २.६ थियो । इटालीको समग्र जनसंख्या गिरावट आंशिक रूपमा २०२४ मा १ लाख ६६ हजार नयाँ कानूनी विदेशी बासिन्दाहरूको आगमनले अफसेट गरेको थियो । यसले जनसंख्याको विदेशी जन्मेको खण्डलाई ५.३१ मिलियनमा पु¥याएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
२०२४ मा इटालीको प्रजनन दर न्युन