कैलाली -अत्तरिया साना शहरी खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको १३औं वार्षिक साधारण सभा यही चैत ८ गते हुने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको संस्थाको प्रधान कार्यालयमा साधारण सभाको सम्पूर्ण कार्यक्रमहरु हुने अत्तरिया साना शहरी खानेपानी तथा सरफाई उपभोक्ता संस्थाले जनाएको छ ।
बिहान ९ बजेदेखि सुरु हुने साधारण सभाको प्रमुख अतिथिको रुपमा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद रहने छन् भने विशिष्ट अतिथि नगरपालिकाकी उपमेयर रत्नाम कडायत रहने छिन् । साथै नगरपालिकाभर रहेका उपभोक्ताहरुको प्रतिनिधित्व गर्दै करीब तीन सय प्रतिनिधिहरुको समेत उपस्थिति रहने छ ।
उक्त साधारण सभामा आ.व २०७६/७७ र आ.व २०७७/७८ को आर्थिक प्रतिवेदन तथा आ.व २०७८/७९ को वार्षिक बजेटसमेत प्रस्तुत हुने संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरु ले जानकारी दिए । साथै संस्थाको नयाँ नेतृत्वको लागि २६ गते अधिवेशनसमेत तय गरिएको कार्यालय प्रमुख पनेरुले बताए ।
गोदावरी नगरपालिकाका चार हजार बढी घरपरिवारलाई शुद्ध खानेपानी वितरण गरिरहेको यस संस्था २०५८ सालमा स्थापना भएको हो ।