काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गर्नुभएको छ ।
यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पु¥याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताउनु भयो । विस्तारवादी मनशायका साथ नयाँ नक्शाहरू बनाउने कामले कसैलाई फाइदा नगर्ने उहाँको भनाइ छ । टर्कीका राष्ट्रपतिले हिंसा रोक्न र गाजामा शान्ति पुनस्र्थापित गर्न टर्कीको प्रतिवद्धतामा जोड दिनुभयो ।
गाजामा भइरहेको नरसंहार रोक्न, युद्धविराम हासिल गर्न र शान्तिको बाटो खोल्न आफ्नो शक्तिले भ्याएसम्म सबै गरिरहेको उहाँको भनाइ छ ।