स्थानीय अधिकारीहरूकाअनुसार बिहीवार टर्किएको अंकारा प्रान्तको बेपजारी जिल्लामा भूमिगत कोइला खानी भत्किँदा १४ कामदार घाइते भएका छन् । यो घटना उत्पादन मेसिनरी हाउसिङ सेक्सनमा भएको थियो र भत्किँदा २९ कामदार उपस्थित रहेको प्रान्तीय गभर्नर वासिप साहिनले बताउनु भयो । घाइते कामदारहरूलाई अस्पताल लगिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो । स्थानीय मिडियाले रिपोर्ट गरेअनुसार अग्नि नियन्त्रक, स्वास्थ्य एकाइ, जेन्डरमेरी र विपद् तथा आपत्कालीन व्यवस्थापन टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको थियो । बेपजारी जिल्लाका गभर्नर वेदत यिलमाजले ग्यालरी भित्रको हावाको पकेटबाट भएको ग्यास विस्फोटका कारण भत्किनुलाई जिम्मेवार ठहराउँदै आवश्यक सावधानी अपनाइएको बताउनु भयो । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले घटनाको अनुसन्धान शुरु गरिएको बताएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
टर्किएमा खानी भत्किँदा १४ कामदार घाइते
